चितुवाको आक्रमणबाट १४ वटा भेडा मरे

0 Shares

म्याग्दी १९ भदौ । म्याग्दीको चिमखोलाको दहबुकीमा चितुवाको आक्रमणबाट एउटै गोठका १४ वटा भेडा मरेका छन् ।

चिमखोला–१ नामिलाका यमबहादुर बुढाको गोठमा शनिबार राति चितुवाले आक्रमण गरेर भेडा मारेको हो । १४ भेडा मरेको र ६ वटा घाइते भएको कृषक बुढाले बताए । छ वटाको समूहमा आएका चितुवाले आक्रमण गरेको उनले बताए । करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । बुढाले चितुवा लखेट्ने प्रयास गरे पनि गोठमा एक्लै रहेकाले नसकेको बताए । पछिल्लो समय म्याग्दीको चरन क्षेत्रमा चितुवाको आतङ्क बढेको छ । खोप्रा क्षेत्रमा पनि चितुवाले आक्रमण गरेर चौँरीगाई र भेडाबाख्रा मारेर सताएको किसानले बताएका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार