काठमाडौं । जर्मनीको फ्याङ्कफर्ट शहरमा शनिबार अबेर राति दङ्गाकारीहरूले पसलहरूमा लुटपाट गरेका छन्। त्यहाँ प्रहरीसँग झडपसमेत भएको छ। बीबीसीका अनुसार, जर्मनीका अन्य शहरहरूमा पनि झडपका घटना भएका छन्। यसअघि महँगीविरुद्ध ठूलो मात्रामा प्रदर्शनहरू भएका थिए, जुन धेरै हदसम्म शान्तिपूर्ण थिए। जर्मनीको आर्थिक राजधानी फ्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा पनि हिंसाका घटनाहरू भएका छन्। प्रहरीका अनुसार,…