काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन आगामी नोभेम्बरमा सकिन लागेको व्यापारिक ‘ट्यारिफ युद्धविराम (ट्यारिफ ट्रुस)’ लाई थप दुई महिना विस्तार गरी आगामी जनवरी १० सम्म कायम राख्न सहमत भएका छन् ।
कूटनीतिक र व्यापारिक क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बाबजुद दुवै देश व्यापक सम्झौता गर्न र आपसी सम्बन्धलाई सकारात्मक दिशा दिन इच्छुक रहेको संकेत यस कदमले दिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा अमेरिका पुगेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलको धावनमार्गमै पुगेर स्वागत गरेका छन् ।
सीका लागि गरिएको भव्य स्वागतमा २१ तोपको सलामी, १०० फिट लामो रातो कार्पेट, २१ जनाको सम्मान गार्ड र दुईवटा बी–१ ल्यान्सर बमवर्षक विमानको उडान ९फ्लाइओभर० समावेश थियो । कूटनीतिक शिष्टाचार ९प्रोटोकल० मा गरिएको यो ठूलो परिवर्तनलाई विश्लेषकहरूले अभूतपूर्व प्रदर्शनका रूपमा हेरेका छन् ।

बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सका अर्थशास्त्रका प्रोफेसर जोन गोङले भने, ‘दुई महिनाको व्यापारिक युद्धविराम विस्तार विश्लेषकहरूले सुरुमा अपेक्षा गरेभन्दा छोटो छ । तर जुनसुकै किसिमको विस्तारले पनि दुवै पक्ष आफ्ना मतभेदहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छन् भन्ने सकारात्मक संकेत दिन्छ ।’
विमानस्थलमा सीको स्वागतबारे टिप्पणी गर्दै गोङले थपे, ‘राष्ट्रपति सीप्रति सम्मान देखाउनुका साथै ट्रम्पले यो कदममार्फत अमेरिकी राजनीतिक वृत्तलाई आफ्नो चीन नीति अघिल्ला राष्ट्रपतिहरूभन्दा फरक हुने बलियो संकेत दिएका छन् ।’
चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टबीच वासिङ्टनस्थित विश्व बैंकको मुख्यालयमा भएको अनपेक्षित बैठकपछि यो युद्धविराम विस्तारको घोषणा आएको हो । यसअघि न्युयोर्कमा दुई नेताबीच आठ घण्टा लामो गहन छलफल भएको बताइएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, ‘हामी केवल बुसान व्यवस्थालाई निरन्तरता दिन वा अझ ठूलो सम्झौताको अध्ययन गर्न तयार छौँ । हामी दुवै कुरामा सहमत छौँ ।’
बेसेन्टका अनुसार दुवै पक्ष नोभेम्बरमा एसिया–प्यासिफिक आर्थिक सहकार्य ९एपीईसी० फोरमका क्रममा चीनको शेन्जेनमा पुनस् भेट्न सहमत भएका छन् भने डिसेम्बरमा मियामीमा हुने जी–२० बैठकमा सीको सहभागिता रहने सम्भावना छ ।







