काठमाण्डौ,गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले आफ्नो स्थापनाको बीसौ साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौ नयाँबानेश्वर स्थित ब्यानवाट्मा आयोजित कार्यक्रममा गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका सचिव,मोतिलाल राईको स्वागत मन्तव्यबाट सुरु भएको हो ।


संस्थाको २० औं साधारण सभा कार्यक्रमका प्रमुख अतिथि,सहकारी डिभिजन कार्यालय ललितपुरका डिभिजन प्रमुख बलराम निरौलाले पानसमा दीप प्रज्वलन गरि सुरु भएको कार्यक्रममा,साधारण सभाको पहिलो सत्रमा संस्थाका अध्यक्षको,वार्षिक प्रतिवेदन प्रस्तुति रहेको थियो ।
सो वार्षिक प्रतिवेदनमा गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष,ईमान सिंह राईले न्यूनतम पाँच हजार शेयर भएका शेयर सदस्यहरुलाई त्यसैमा दश प्रतिशत शेयर ंथप गरिदिइएको संस्थाका शेयर सदस्यहरुलाई जानकारी गराए ।
संस्थाको बीसौं साधारण सभा कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरुलाई दीर्घ सेवा र उत्कृष्ट गरि सम्मान गरियो ।
सो कार्यक्रममा बोल्दै सहकारी डिभिजन कार्यालय ललितपुरका डिभिजन प्रमुख बलराम निरौलाले,गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था,बीसौ वर्षमा प्रवेश गर्दै गर्दा,यस संस्थाले विगतका भन्दा धेरै पक्षमा सुधार गरि संस्था संमृद्धि तर्फ लम्किएको बताए तर यसो भन्दैमा मख्ख पर्नु पर्ने भने होइन, संस्था संचालकहरु,बजारमा लगानी भएका लामो समय असुल हुन नसकेका कर्जाहरु तत्काल असुल उपर गर्ने तर्फ सशक्त हुनु जरुरी छ भन्दै,नव निर्वाचित संचालक समिति सदस्यहरुलाई सुझाव समेत दिए ।







