७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

ट्रक दुर्घटनामा चालकको मृत्यु


३० जेष्ठ २०७५, बुधबार  

77
Shares

दमौली, तनहुँ, पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस्ने ट्रक चालक ३४ वर्षीय उपेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गम्भीर घाइते सोही ठाउँका ट्रकका सहचालक प्रजाको उक्त अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनतर्फ लगिएको प्रहरीले जनाएको छ ।

सिमेन्ट लिएर पोखरा जाँदै गरेको ना ३ ख २७८६ नं को ट्रक आफैँ अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटनामा परेको थियो । कुँवरको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार  ६ : ४६ बजे