२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रदेश न.४ः दुई विधेयक पारित


३१ जेष्ठ २०७५, बिहिबार  

7
Shares

पोखरा, प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ ।

आजको बैठकमा दुवै विधेयकमाथि दफाबार छलफलपछि आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले पारित गरेको हो । 

यसअघि पहिलो विधेयकमाथिको छलफलमा मीनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ, चन्द्रबहादुर बुढा, कृष्ण थापा, विन्दुकुमार थापार दोबाटे विश्वकर्माले राजश्व चुहावट नियन्त्रण हुनुपर्नेमा जोड दिए।

त्यस्तै प्रदेश वित्त व्यवस्थापन गर्न बनेको विधेयकमाथिको छलफलमा धनञ्जय दवाडी र मणिभद्र शर्माले भाग लिँदै यस विधेयकले बजेटको कार्यान्वयन गर्न सहयोग पुग्ने धारणा राखे । प्रदेशभाको अर्को बैठक शुक्रबार अपराह्न ४।०० बजे बस्नेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहिबार  १२ : ४२ बजे