सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पस सोलुखुम्बुका क्याम्पस प्रमुख उद्धवकुमार शर्मा प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि कार्यदलको सदस्यमा मनोनित भएका छन् । सामाजिक विकास मन्त्रालयको कात्तिक २६ गते बसेको मन्त्री स्तरीय बैठकले क्याम्पस प्रमुख शर्मालाई कार्यदलको सदस्यमा मनोनित गरेको हो ।

प्रा. डा. महेशराज दाहाल (भोजपुर)को संयोजकत्वमा १० सदस्यीय प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको हो । सदस्यहरुमा डा. देवी क्षेत्री दुलाल (इलाम), पितकुमार श्रेष्ठ (मोरङ), भोलानाथ ओझा (झापा), रमेशचन्द्र रोका (उदयपुर), तोयाप्रसाद खतिवडा (मोरङ), उद्धवकुमार शर्मा (सोलुखुम्बु), उमानाथ रिजाल (सुनसरी), उमानाथ ओली (झापा) र सूर्यप्रसाद सुवेदी, सामाजिक विकास मन्त्रालय प्रदेश नं. १, सदस्य सचिव मनोनित भएका हुन् ।

कार्यदलले सार्वजनिक विदा बाहेक ५० दिन भित्र प्रदेश नं. १ को विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन सामाजिक विकास मन्त्रालयमा पेश गर्नुपर्ने छ । शर्मा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय विद्यापरिषद्को सदस्य रहेका छन् ।
यो पनि पढ्नुहोस ।
१२ मंसिर २०७५, बुधबार
686
Shares







