प्रदेश नं. १ निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम : दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि ४० लाख

  बुद्धवीर बाहिङ
329 Shares

सोलुखुम्बु । प्रदेश नं. १ सोलुखुम्बु जिल्ला निर्वाचन क्षेत्र प्रदेश ‘क’ का लागि २ करोड बजेटबाट चालु आ.व. ०७५/०७६ मा १३ वटा योजना छनौट गरिएको छ । प्रदेश सरकार १ नं. प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम (सञ्चालन) नियमावली, २०७५ को नियम ९ अनुसार सोलुखुम्बु निर्वाचन क्षेत्र प्रदेश ‘क’ का लागि २ करोड रकम विनियोजन गरिएको प्रदेशसभा सांसद उत्तमकुमार बस्नेतले बताए ।

सोलुखुम्बु प्रदेश १ ‘क’ का सांसद उत्तमकुमार बस्नेत ।

सोलुखुम्बु प्रदेश ‘क’ निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत सबैभन्दा बढि महाकुलुङ गाउँपालिकामा ५ वटा योजना छनौंट गरिएको छ । त्यसैगरी सोताङ र नेचासल्यान गाउँपालिकामा ३/३ वटा योजना छनौंटमा परेका छन् । थुलुङ दुधकोशी गाउँपालिकामा भने १ वटा मात्र योजना छनौंट गरिएको छ ।
छनौंटमा परेका योजनाहरुमध्ये नेचासल्यान गाउँपालिकामा नेचासल्यान ३ तीनकन्या-वरडाँडा-राउतगाउँ-बिहीबारे सडक स्तरोन्नती १७ लाख, नेचासल्यान २ खानेपानी व्यवस्थापन १७ लाख र नेचासल्यान २ दोदीडाँडा केराबारी सडक निर्माणमा ८ लाख रकम विनियोजन गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकामा भने दूधकोशी सामुदायिक अस्पताल निर्माण सहयोगका लागि ४० लाख रकम विनियोजन गरिएको सांसद बस्नेतले बताए । त्यसैगरी सोताङ गाउँपालिकामा दिप्लीघाट बेलीब्रिज निर्माणको सामाग्री ढुवानी, जडान र स्ट्रक्चर निर्माणमा ३० लाख, पोष्ट मार्टम भवन निर्माण सोताङ अस्पताल ५ लाख र पञ्चकन्या देवी पूर्वाधार निर्माणका लागि ३५ लाख रकम विनियोजन गरिएको छ ।
महाकुलुङ गाउँपालिकामा महाकुलुङ शिशु स्याहार केन्द्र बुङलाई १० लाख, गोरेलुदेखि खाल्वासम्मको जोखिम न्यूनीकरण (भल नियन्त्रण) तथा तटबन्ध निर्माणमा ६ लाख, महाकुलुङ गाउँपालिका (साविक गुदेल २) करेतारमान मुहान र साविक गुदेल १ साद्दी लिङ्टो मुहान अलैचीँ सिञ्चाईमा १० लाख, महाकुलुङ ५ दुर्गम विकास समाज सामुदायिक भवन पूर्वाधार निर्माण र फर्निचर, दिर्तिवामा ५ लाख, सुर्केखोला लघु जलविद्युत निर्माणमा १५ लाख र प्रशासनिक खर्च जिल्ला समन्वय समितिलाई २ लाख रकम विनियोजन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार