यसरी भयो लुक्लामा विमान दुर्घटना Exclusiv भिडियो

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट बिहान ९ बजेर २० मिनेटमा रामेछापका लागि उड्न लागेको समिट एयरको विमान चिप्लिएर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो । विमान उड्नका लागि धावनमार्गमा गुड्दै गर्दा करिब २५ मिटर गुड्न नपाउँदै दायाँतिर मोडिएर पार्किङ गरिराखेको मनाङ एयरको हेलिकप्टरमा ठोक्किएको थियो ।

धावनमार्गबाट चिप्लिएर विमानले दायाँ मोड लिंदा सुरक्षामा खटिएका असई रुद्रबहादुर श्रेष्ठ, पर्यटक प्रहरी असई रामबहादुर खड्का र समिट एयरका सहचालक सुदीप ढुङगानाको मृत्यु भएको हो ।

Published On:  609पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार