२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

कप्तान पारसले सरकारलाई भने ‘आईसीसीसँग कुरा गर’



काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को विवाद अन्त्य गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग छलफल गर्न सरकारलाई आग्रह गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा कप्तान पारसले लामो समयदेखि क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटले थप उचाई लिन नसकेको गुनासो गर्दै सरकारलाई आईसीसीसँग कुरा गर्न आग्रह गरेका हुन् ।

‘मन्त्रीज्यू र सदस्यसचिवज्यूबाट आईसीसीसँग कुरा गरेर फुकुवा गर्नुर्पयो । हामीले धेरै कुरा गुमाइसकेका छौं ।’ पारसले भने, ‘हाम्रो एकदिवसीय मान्यतालाई टिकाई राख्न क्यान आउनुपर्छ । हामीले अझ धेरै माथि पुग्नुछ ।’
पारसपछि सम्बोधन गरेका मन्त्री जगतबहादुर विश्वकर्माले भने त्यसबारे केही बोलेनन् । राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने छलफल भइरहेको जानकारी दिए । ‘क्यान निलम्बनको विषयमा हामीले छलफल गरिरहेका छौं । यो विषयमा प्रधानमन्त्रीज्यूबाट पनि चासो राख्नु भएको छ । अब हामी चाडै तपाईहरुसँग बसेर छलफल गर्नेछौं’ उनले भनेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ८ : १९ बजे