रक्षक नै भक्षक : बाल यौन दुराचारमा युएनका पूर्व कर्मचारी दोषी ठहर !

Facebook Debugger

काभ्रे । जिल्ला अदालत काभ्रेपलान्चोकले बाल यौन दुराचार गर्ने युएनका पूर्व कर्मचारीलाई दोषी ठहर गरेको छ । जिल्ला अदालतले ६० वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई सोमबार दोषी ठहर गरेको हो ।


जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले युएनका पूर्व कर्मचारीसमेत रहेका डालगिल्सलाई बाल यौन दुराचारमा कसुरदार ठहर गरेको हो । प्रहरीले उनलाई २०७४ चैत २५ गते बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको थियो । विपन्न परिवारका बालबालिकालाई पढाइदिने भन्दै आश्वासन देखाएर जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने गरेको आरोप उनीमाथि लागेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले उनलाई काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरेको थियो ।
डालगिल्सले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली २ वर्षयता नेपालमा पटकपटक आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । पक्राउ परेका उनको साथबाट २ जना बालकको उद्धार समेत गरिएको थियो । उनले सन् २०१० देखि २०१४ सम्म सयुक्त राष्ट्रसंघमा काम गरेका थिए ।
उनी विरुद्ध काभ्रे जिल्ला अदालतमा २०७५ वैशाख १९ गते मुद्दा दायर भएको थियो । जिल्ला अदालतले उनलाई कति सजाय हुने भन्ने बारेमा फैसला पछि सुनाउनेछ । मुलुकी संहिता अनुसार उनलाई दोषी ठहर मात्र गरेको हो । उनी नेपाल आउनुभन्दा अगावै बाल यौन दुराचारीमा लागेको सूचना प्रहरीले पाएको थियो । उक्त सूचना पाएको २ सातापछि नेपाल आएका उनलाई प्रहरीले पिछा गरेर पक्राउ गरेको थियो । उनले १५ जनाभन्दा बालकलाई यस्तो धन्दामा लगाएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । बाल यौन दुराचारी आरोपमा पक्राउ परेका डालगिल्स द्वन्द्वपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै ३ वटा मानार्थ विद्यावारिधि समेत प्राप्त गरेका व्यक्ति भएको खुलेको छ । उनलाई जिल्ला अदालत काभ्रेले बालयौन दुराचारमा मुद्दा ११ महिनापछि दोषी ठहर गरेको हो ।

Published On:  168पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार