यती एयरलायन्सको जहाज धावनमार्गमा चिप्लियो, उडान-अवतरण अवरुद्ध !

0 Shares

काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार विहान धावनमार्गमा चिप्लिएको हो ।


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
‘अवतरणका क्रममा यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिन पुगेको छ,’ तिवारीले भने, ‘हामीले चिप्लिएको विमानबाट सबै यात्रुलाई बाहिर निकालेका छौं ।’
धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान–अवतरण दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार