स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि

Facebook Debugger

तनहुँ । आन्तरिक राजश्व कार्यालयबाट दुई हप्ताको अवधिमा एक हजार २०० भन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर ९पान० लिएका छन् । आर्थिक वर्ष ०७६÷७७ देखि कुनै पनि कार्यालय वा स्थानमा सेवा गरी तल,भत्ता, ज्याला वा पारिश्रमिक लिने व्यक्तिले अनिवार्यरुपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेसँगै राजश्व कार्यालयमा यतिबेला सेवाग्राहीको भीड लागेको हो ।

साउन १ गतेदेखि १४ गतेसम्म कार्यालयबाट १ हजार २१७ ले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको कार्यालयका प्रमुख सूर्यप्रसाद सेढाईंले जानकारी दिए । आर्थिक वर्ष ०७६÷७७ देखि लेखा नं नभएका श्रमिकलाई वितरण गरिने पारिश्रमिक वा ज्यालामा स्थायी लेखा नम्बर उल्लेख नगरिए रु एक हजारभन्दा बढी मूल्यको बिजकबापतको खर्च कट्टि गर्न नपाउने नियम लागुभएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या बढेको उहाँले जानकारी दिए ।

प्रमुख सेढाईंका अनुसार सोही अवधिमा ६१४ जनाले व्यवसायिक स्थायी लेखा नम्बर लिएका छन् । व्यक्तिगत र व्यवसायिक गरी साउनको दोस्रो सातासम्म एक हजार ८३१ ले स्थायी लेखा नम्बर लिएका थिए ।
“गत आर्थिक वर्षमा दैनिक १०० को हाराहारीमा स्थायी लेखा नम्बर लिने सेवाग्राही रहेकामा साउनदेखि भने दैनिक २००÷३०० ले स्थायी लेखा नम्बर लिने गरेका छन्”, उहाँले भने ।

स्थायी लेखा नम्बर लिन कार्यालयमा सेवाग्राहीको भीड बढेको र दरबन्दीअनुसारको कर्मचारी सङ्ख्या नभए पनि सहजरुपमा कार्यालयले सेवा प्रवाह गरिरहेको प्रमुख सेढाईंले बताउ । कार्यालयबाट तनहुँ, गोरखा, लमजुङ र मनाङका सेवाग्राहीले व्यक्तिगत र व्यवसायिक स्थायी लेखा नम्बर लिएका छन् । कार्यालयको तनहुँसहित चार जिल्ला कार्यक्षेत्रमा पर्छ ।

उक्त कार्यालयमा हालसम्म ३९ हजार २३३ करदाता रहेकामा आयतर्फ २६ हजार २६७, मूल्य अभिवृद्धितर्फ दुई हजार ७७३, अन्तःशुल्कतर्फ दुई हजार १४६ र व्यक्तिगततर्फ आठ हजार २९ जना करको दायरामा आइसकेको कार्यालयले जनाएको छ ।

करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन करशिक्षा, कर जागरणलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ । विसं २०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयका रुपमा स्थापना भएको कार्यालय विसं २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयका रुपमा स्तरोन्नति भएको थियो ।

आफ्नै भवन नहुँदा समस्या
उक्त कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको कार्यालय प्रमुख सेढाईंले जानकारी दिनुभयो । कर कार्यालयको खाकाअनुसारको भवन नहुँदा सेवा प्रवाहमा असहजता र सेवाग्राहीलाई झण्झट भएको उहाँले बताउ ।

“एउटा झ्यालबाट कागजात दिएपछि सबै काम सकेर अर्को झ्यालबाट सेवाग्राहीले कागजात पाउँथे”, उहाँले भने, “तर भवनको संरचनाअनुसार अहिले एउटा झ्यालबाट अर्को झ्यालसम्म कागजात पु¥याउनुपर्ने बाध्यता सेवाग्राहीलाई छ ।” कार्यालयको आफ्नै भवन बनेपछि भने उक्त समस्या हट्ने प्रमुख सेढाईंले बताउ । सेवाग्राहीको सहजताका लागि कार्यालय हाताभित्रै नेपाल बैंकको काउण्टरसमेत राखिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार