३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

नयाँ प्रविधि मोबाइल र इन्टरनेटले चिठीपत्रलाई विस्थापित


२५ श्रावण २०७६, शनिबार  

0
Shares

रुकुम । पत्र आदानप्रदान लगायतका काममा लामो इतिहास बोकेको हुलाक सेवाको आजभोलि प्रभावकारिता घट्दै गएको छ । इन्टरनेट तथा विभिन्न सञ्चार माध्यमको विकास र बढ्दो प्रयोगसँगै हुलाक सेवाको प्रभाकारिता घट्दै गएको हो ।

अहिले सूचना प्रविधिले विश्वलाई साँघुरो बनाइसकेको छ । सूचना÷प्रविधिको विकासले फड्को मार्दै जाँदा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ । शहरदेखि गाउँगाउँसम्म टेलिफोन, इन्टरनेट, फ्याक्स हुँदै अहिले आएर सबैको हातहातमा मोबाइल फोन भएपछि मानिसहरुको हुलाकप्रतिको लगाव घट्दै गएको हो ।

फेसबुक च्याट, भाइबर, स्काइपबाट प्रत्यक्षरुपमा कुराकानी गर्न सकिने हुँदा हुलाकको प्रभावकारिता घटेको बताइन्छ । केही वर्ष अघिसम्म सूचना आदानप्रदानको महत्वपूर्ण माध्यम मानिने हुलाकसँग अहिले न्यून मात्रामा सेवाग्राही छन् । पछिल्लो पिँढीका कतिपयले त हुलाक भनेको के हो, भन्ने पनि थाहा पाउदैनन् । घरायसी तथा व्यक्तिगत चिठीपत्र पठाउँने काम ह्वात्तै घटेपछि अहिले सरकारी कार्यालयको चिठीको भरमा रुकुम ९पूर्व० को इलाका हुलाक कार्यालय सञ्चालन भइरहेको छ ।

केहीवर्ष अघिसम्म रुकुम ९पूर्व० मा हुलाकको निकै महत्व मानिन्थ्यो । भौगोलिक विकटताले पछि परेको जिल्ला रुकुम ९पूर्व० मा रेडियो, एफएम बढी सुनिन्थ्यो । पहिले मानीसहरुले इलाका हुलाक कार्यालय रुकुमकोटबाट रुकुम, रोल्पा, सल्यान, जाजरकोट, सुर्खेत लगायत विभिन्न ठाउँका रेडियोहरुमा कार्यव्रmमको लागि रचना, सन्देश, सल्लाहसुझाव हुलाकमार्फत नै पठाउँने गरेको इलाका हmुाक कार्यालय रुकुम ९पूर्व० का हल्कारा ऋषिराम आचार्यले बताए । सूचना आदानप्रदानको लागि रुकुमकोट इलाका हुलाक कार्यालय गाउँ अनि शहर, स्वदेश अनि विदेश, एक अनि अर्काको सेतु बनेको थियो ।

पाँच÷सात वर्ष अघिसम्म महीनामा दुई हजार चिठीपत्र आउने गरेकोमा अहिले ५०÷६० वटा मात्र हुलाकमार्फत आउने गरेको हल्कारा आचार्यले बताए ।

सङ्घीयताले जन्माएको नयाँ तथा प्रदेश नं– ५ को एकमात्र हिमाली जिल्ला रुकुम ९पूर्व० मा रहेको इलाका हुलाक कार्यालय डेढ वर्षदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । २०७४ भदौ ५ गते रुकुम ९पूर्व० ले छुट्टै जिल्लाको मान्यता पाएको थियो । विस्तारै जिल्लामा सरकारी कार्यालयको स्थापना हुँदै गर्दा पहिले इलाका हुलाक कार्यालय बसेको ठाउँमा जिल्ला समन्वय समिति बसेपछि २०७४ चैतदेखि भाडाको घरबाट कार्यसम्पादन गर्न थालेको हल्कारा आचार्यले बताए ।

उहाँका अनुसार दुईवटा कोठा भाडामा लिएर कार्य सम्पादन भइरहेको छ । यसको घरभाडा जिल्ला हुलाक कार्यालय रुकुम ९पश्चिम० ले मासिक रु पाँच हजार तिरीदिँदै आएको छ । कार्य सम्पादनको लागि दुईवटा कोठा पर्याप्त नभएको उहाँको भनाइ थियो । कोठा अभावको कारण दर्ता, डाँगफाट, प्रशारण फाट एकै कोठामा सञ्चालन गर्नुपरेको बताउँदै कर्मचारीको पनि अभाव रहेको उहाँले बताए।

इलाका हुलाक कार्यालयलाई जिल्ला हुलाक कार्यालय बनाउनको लागि सञ्चार मान्त्रालयमा माग गरेको र अहिले विभाग, अर्थमन्त्रालय हुँदै सामान्य प्रशासनमा कुरा चलिरहेको हल्कारा आचार्यले बताए

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : ४८ बजे