तिङलामा बोलेरो दुर्घटना, चालकको मृत्यु !

Facebook Debugger

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थित महादेव भिरको गुप्तेश्वर महादेव क्षेत्रमा सवारी दुर्घटना हुँदा बोलेरो चालकको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

फोटो सौजन्य : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु ।

नेचासल्यान गाउँपालिका आवतजावत गर्ने तिङला सल्यान सडकखण्डमा गएराति पौने ११ बजेको समयमा सुमो जीप र बोलेरो जीप दुर्घटना हुँदा बोलेरो चालक नेचासल्यान गाउँपालिका २ खाल्पाका २१ वर्षिय लेखबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौबाट नेचातर्फ जादै गरेको ना. १ ज. ५३४२ नम्बरको टाटा सुमो र नेचाबाट सल्लेरी तर्फ आउदै गरेको बा. १५ च. ९४२० नंम्बरको बोलेरो जीप गुप्तेश्वर महादेव क्षेत्रबाट क्रस गरिसकेपछि माथिल्लो घुम्तीबाट बोलेरो जीप सुमो जीपमाथी बजारिएको थियो ।
करिब तीन सय मिटर तल खसेको बोलेरो जीपका चालक खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले बताए । सुमो जीपमा बोलेरो बजारिदा सुमोमा रहेको चालक सहित ९ जना घाईते भएका छन् । घाईतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ ।
दुर्घटनाको कारण पहिचान नभएको तर जोखिमपुर्ण सडक नै कारण भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बोलेरो जीपमा अन्य यात्रु नभएको प्रहरीले जनाएको छ । यसअघि महादेव भिरमा २०७५ असार १५ मा बोलेरो दुर्घटना हुदा ७ जनाको मृत्यु भएको थियो । हिमाल एफबाट

Published On:  425पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार