सत्यनिरुपण र वेपत्ता आयोगका पदाधिकारी नियुक्ति अदृश्य नेकपा र कांग्रेस नेताहरुको दृष्ट्रिमा 

Facebook Debugger

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनमा अझै विलम्ब हुने देखिएको छ ।

सोमबार विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुबीच छलफल भएपनि कुनै ठोस निर्णय हुन सकेन । नेताहरुले पछिल्लो समय पर्याप्त छलफल हुन नसकेको स्वीकार गर्दै छिट्टै अर्को बैठक बस्ने सहमति गरेको एक नेताले बताए ।


बालुवाटार बैठकमा सहभागी एक नेताले भने, ‘हामी सबै कताकता व्यस्त भयौं । यो विषय कसैको प्राथमिकतामा नपरेको जस्तो भयो । अब छिट्टै बस्छौं ।’

प्रमुख दलहरुले दुवै आयोगमा पठाउने सम्भावित पदाधिकारीहरुबारे समझदारी गरिसकेका थिए । तर त्यसमा द्वन्द्वकालका पीडितहरुले असहमति जनाएका छन् भने मानवअधिकार आयोगले समेत चासो देखाएको छ ।

त्यसबारे सिफारिस समितिसँग पनि परामर्श गर्न बाँकी रहेको दुवै दलका नेताहरुले बताएका छन् ।

दुवै आयोगको पदाधिकारी सिफारिस गर्न गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति बनेको थियो । तर समितिले अहिलेसम्म सम्भावित उम्मेदवारहरुको सूची प्रकाशित गरेर उजुरी आहृवान समेत गर्न सकेको छैन । तिहारअघि यो हुने सम्भावना कम छ ।

Published On:  42पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार