२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

ढिस्कोले पुरिएर मृत्यु



रौतहट, २ कात्तिक । रौतहटको शीतलपुर बैरगनिया गाविसमा माटोको ढिस्कोले पुरिएर एक बालिकाको आज मृत्यु भएको छ ।

घर लिपपोत गर्न पहेँलो माटो लिन लालबकैया नदीको किनारमा पुगेकी स्थानीयवासी १५ वर्षीया रुबीकुमारी यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

ढिस्कोमा पुरिएकी किशोरीलाई स्थानीय बासिन्दा, प्रहरीको सहयोगमा बाहिर निकालिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी बागमती नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् । नदीमा नुहाउन गएकी बसतपुर–८ की ८० वर्षीया चन्द्रकलादेवी गिरी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेका छन् । रासस

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  १ : ५० बजे