२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

हात्तीद्वारा दर्जनौँ बिघाको धानबाली नष्ट


५ कार्तिक २०७३, शुक्रबार  

0
Shares

राजविराज, ५ कात्तिक । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक समूहले सप्तरीको पूर्वी भेगका दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ ।

सो जङ्गली हात्तीको समूहले जिल्लाको भारदह र पोर्ताहा गाविसमा किसानले दर्जनौँ विधामा लगाएको धानबाली नष्ट गरेको स्थानीय भारदह–१ का राजु शर्माले जानकारी दिए ।

आरक्षबाट समूहमा बुधबार मध्यराति आएका हात्तीले पोर्ताहा–३ का कबितलाल पघैया यादव, प्रमोद यादव र पोर्ताहा–४ का सोभितलाल यादवको लगायत र भारदहमा समेत धानबाली नष्ट गरेको बताइएको छ ।