सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ दिङबोचेस्थित पिसफुल लज लज एण्ड रेष्टुरेण्टमा आगलागी हुँदा ९ करोडको क्षती भएको छ ।
आगलागीबाट लज जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणमा लिने प्रयास गरिएपनि पर्याप्त पानी नहुँदा लज पूर्ण रुपमा जलेर खरानी भएको हो ।
शनिबार बेलुकी साँढे ६ बजे खाना पकाउने ग्याँस लिक भएर आगलागी हुँदा लज पूर्ण रुपमा जलेर नष्ट भएको हो । स्थानीय कुसाङ शेर्पाको लजमा आगलागी हुँदा सबै सामान जलेर नष्ट भएपनि मानवीय क्षती नभएको दिङबोचे भ्यालीभ्यू लजका प्रोपाइटर गेलु शेर्पाले बताए ।

आगलागि अघि यस्तो थियो पिसफुल लज एण्ड रेष्टुरेण्ट ।