२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

प्रविधिमैत्री बन्दै गोर्खा सहकारी, एटिएम मेसिन उद्घाटन [भिडियोसहित]



काठमाडौं । प्रविधीमैत्री बन्दै गोर्खा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले एटिम मेसिन उद्घाटन गरेको छ । मुख्य कार्यालय सातदोबाटोस्थित एटिएम मेसिनको ब्रिटिस आर्मिका भूतपूर्व मेजर भिमबहादुर गुरुङको हातबाट उद्घाटन गरिएको हो ।

पछिल्लो समय प्रविधिको विकाससँगै सहकारीलाई प्रविधिमैत्री बनाउनको लागि एटिएम मेसिन राखिएको गोर्खा सेभिङ्ग एण्ड क्रेडिट सहकारीका अध्यक्ष ईमानसिं राईले बताए । ‘दश बीस हजारको लागि चेक लिएर लाईनमा बस्न नपरोस भनेर हामीले एटिएम मेसिन राखेका हौं,’ अध्यक्ष राईले भने, ‘एटिएम मेसिनको प्रयोगसँगै सहकारीमा पैसा निकाल्न समय खर्च गर्नु पर्दैन ।’

प्रमुख अतिथि एवं ब्रिटिस आर्मीका भूतपूर्व मेजर भिमबहादुर गुरुङले सच्चा र परोपकारी मनले खोलिएको सहकारीले सबैको हित गर्ने बताए । ‘अन्तर हृदयबाट खोलिएका यस्ता सहकारीले तपाई हामी सबैको भलो गर्छ,’ प्रमुख अतिथि गुरुङले भने, ‘त्यसैले तपाईहरु ढुक्क भएर यो गोर्खा सहकारीमा पैसा राख्नुस ।’

आम बचतकर्ताहरुको अनुरोधसँगै सहकारीलाई प्रविधिमैत्री बनाउनको लागि एटिएम मेसिन राखिएको गोर्खा सहकारीका प्रमुख कार्यकारी अधिकृत टिकाराम राईले बताए । भविष्यमा अन्य सहकारीका शाखाहरुमा पनि एटिएम मेसिन राखिने अधिकृत राईले बताए । गोर्खा सहकारीको शाखा कार्यालयहरु गोंगबु, बसुन्धरा र भक्तपुरको राधेराधेमा खोलिएको छ ।

भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस ।

https://youtu.be/DbKJ3j7JECo

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : २७ बजे