१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

सोलुदुधकुण्ड नगरपालिकामा काँग्रेसका उम्मेदवार नाम्गेलजाङ्बुको अग्रता



सोलुखुम्बु । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको नगर प्रमुखमा काँग्रेस उम्मेदवार नाम्गेलजाङ्बु शेर्पाले अग्रता लिएका छन् । वडा नम्बर १ को पुरै(१०३६) र वडा नम्बर ११ तिंलाको ४ सय मत गन्दा नगर प्रमुखमा काँग्रेस उम्मेदवार शेर्पाले ६ सय ४४ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार आङकाजि शेर्पाले ६ सय १४ मत प्राप्त गरेका छन् ।

नगर उपप्रमुखमा भने एमाले उम्मेदवार मोहनकुमारी कार्कीले अग्रता लिएका छन् । उनको ६ सय १७ मत आउँदा काँग्रेस उम्मेदवार गान्धिमाया तामाङको भने ६ सय ६ मत रहेको छ । माओवादी केन्द्रको १ सय ३१ मत रहेको छ भने नेपाली काँग्रेसको १ सय २० र नेकपा एमालेको उम्मेदवारलाई १०४ मत प्राप्त भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : १८ बजे