वडा अध्यक्ष बस्नेतले तलब भत्ता शिक्षामा लगानी गर्ने

  सगरमाथा अनलाईन
8.5k Shares

सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिका वडा नं. ३ का नव निर्वाचित वडा अध्यक्ष गोकर्ण बस्नेतले आफूले पाउने तलब भत्ता शैक्षिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका अध्यक्ष बस्नेतले निर्वाचनमा जानु अघिनै आफूले पाउने तलब भत्ता शैक्षिक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता गरेका थिए । वडाको गरिब र जेहेन्दार विद्यार्थीलाई आफूले पाउने तलब भत्ता खर्च गर्ने अध्यक्ष बस्नेतले बताए ।

‘मेरो ५ वर्षे कार्यकालमा मेरो वडालाई सोलुखुम्बुकै नमूना वडा बनाउँछु,’ वडा अध्यक्ष बस्नेतले भने, ‘मैले वडाबाट पाउने सेवा सुविधा यही वडाको शिक्षा क्षेत्रमा लगानी गर्छु । यो मैले निर्वाचनमा जाँदै गर्दा गरेको प्रतिबद्धता हो ।’ सामाजिक र राजनैतिक क्षेत्रमा उच्च छवि बनाएका बस्नेतले लामो समयदेखि निरन्तर समाजको सेवा गरिरहेका थिए ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण दैनिक छाक टार्न समस्या भएका करिब ४ हजारभन्दा बढि घरपरिवारलाई दैनिक उपभोग्य वस्तु दिएर आम नागरिकको मनमा बसेका बस्नेतको यस्तो निर्णयले वडाबासीले खुशी व्यक्त गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बु सम्पर्क समितिको सभापति समेत रहेका बस्नेत पहिलो लकडाउन र दोस्रो पटकको निषेधाज्ञाको बेला चर्चाको शिखरमा पुगेका थिए । तत्कालिन समयमा काठमाडौं उपत्यकामा दैनिक रुपमा श्रम बेचेर गुजरा गर्ने मजदुरहरुलाई चामल, दाल, खानेतेल, नुन वितरण गरेर चर्चाको शिखरमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार