नेचासल्यान मत परिणामः बास्तोलाको वडामा धनजनको अग्रता

३६०मत गन्दा बास्तोला आफ्नै वडामा १३ मतले पछाडि

  सगरमाथा अनलाईन

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. ४ को मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार धनजन राईले अग्रता लिएका छन् । वडा नं. ४ उम्मेदवार राईको प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष एवं उम्मेदवार डुफकुमार बास्तोलाको वडा हो ।

नेचासल्यान गाउँपालिका वडा नं. १ बाटनै अग्रता कायम गरेका राईले वडा नं. ३ मा मात्रै केहि मतले पछि परे । वडा नं. ३ मा बास्तोला भन्दा कम मत पाएता पनि अध्यक्ष राई १७२ मतले पछि परेका थिए । तर समग्र १,२ र ३ वटै वडाको मत परिणाममा राई बास्तोलाभन्दा ३६८ मतले अग्रता लिदै वडा नं. ४ को मत गणनामा प्रवेश गरेका छन् ।

वडा नं. ४ मा कुल मतदाता संख्या १६६१ रहेकोमा १०६१ मत खसेको छ । खसेको मतमध्ये ३६० मत गन्दा बास्तोला भन्दा राई १३ मतले अग्रता कायम गरेका छन् । राईले १३२ मत ल्याउँदा बास्तोलाले आफ्नै वडामा ११९ मत प्राप्त गरेका छन् ।

बास्तोलाको वडा नं. १ मा केहि सुधार भएको देखिए पनि राईभन्दा २२२ मतले पछि परेका थिए । वडा नं. २ को मत गणना सकिदा बास्तोला राईभन्दा ५४० मतले पछि परेका थिए । वडा नं. ३ मा भने राईभन्दा बास्तोलाले १७२ मत बढि ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार