कांग्रेस सभापति नाम्गेल दोस्रो कार्यकालका लागि मेयरमा विजयी, कहिल्यै नहार्ने छवि कायमै

५७८ सय मतान्तरले विजयी

  सगरमाथा अनलाईन
5.9k Shares

सोलुखुम्बु । जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पा मेयर पदमा विजयी भएका छन् । उपमेयरमा कांग्रेसकै गान्धीमाया तामाङ विजयी भएका छन् ।

एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै कांग्रेसका उम्मेदवार नाम्गेल र गान्धी विजयी भएका हुन् । ११ वटा वडाको मतगणना सकिदा नाम्गेलले एमालेका आङकाजी शेर्पा भन्दा ५७८ मतान्तरले विजयी भएका छन् । मत परिणाम अनुसार मेयरमा काँग्रेस उम्मेदवार नाम्गेलजाङ्बुले ४९६८ मत ल्याउँदा एमाले उम्मेदवार आङकाजिले ४३९० मत मात्रै ल्याएका छन् ।

२०७४ को स्थानीय चुनावमा ८ स्थानीय तह रहेको यस जिल्लामा काँग्रेसले १ सय ४३ मतको अन्तरले मेयर मात्रै जितेकोमा यस पटक भने कांग्रेस जिल्ला सभापतिमा समेत निर्वाचित भएका शेर्पाले फराकिलो मतान्तरले चुनाव जितेका हुन् । त्यस्तै माओबादी केन्द्रका उम्मेदवार ङिमातेण्डुप शेर्पाले भने ११८७ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार गान्धिमाया तामाङ विजयी भएकी छिन् । कांग्रेस महाधिबेशन प्रतिनिधि तथा १ नम्बर प्रदेश समिति सदस्य समेत रहेकी तामाङले ४६६७ मत ल्याएर जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार मोहनकुमारी कार्कीले ४०१७ मत पाएकी छिन् । त्यस्तै माओबादी केन्द्रकी उम्मेदवार शारदामाया तामाङ १०८९ मत मात्रैमा सिमित बनिन् ।

११ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडामा काँग्रेस, ४ वडामा नेकपा एमाले र एक वडामा माओबादी केन्द्रका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् ।

नाम्गेलले नहार्ने नेताको छवि बनाएका छन् । २०७४ सालमा मेयर जितेका कांग्रेसको जिल्ला अधिवेशनमा पनि सभापति जितेका थिए । वडा ६ को अन्तिम मतपरिणाम आउन भने बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार