२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

 संघ र प्रदेशको निर्वाचन मंसिर १० भित्र सक्ने आयोगको तयारी


१० असार २०७९, शुक्रबार  

0
Shares

 काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिएका छन् ।
महिला तथा सामाजिक समितिको बैठकमा उनले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह गरे ।
स्थानीय तह निर्वाचन ऐनले प्रमुख उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेद्वारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय चुनावमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको बताए ।
उनले अब  समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक कुराहरू मिलाउँदा संविधानको मर्म अनुसार नै हुने दाबी गरे । उनले भने, ‘कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनु पर्ने व्यवस्था गर्नुपर्छ, त्यसका लागि सहयोग गर्नुहोस् ।’
निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको भन्दै थपलियाले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाए ।
‘आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने रु’ उनले भने, ‘अझ आयोगमा आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने रु यो के हो रु यसको समाधान अन्त कतै छैन हामी भित्रै छ ।’ उनले आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि बताए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ३३ बजे