बनेपा । बनेपाको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, भने ४४ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा भक्तपुर लोकन्थलीकी ५२ वर्षीया लेखकुमारी बस्नेत छिन । अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको बस दुर्घटना हुँदा बस्नेतको मृत्यु भएको हो ।
घाइतेको शीर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल, भोमी अस्पताल र अपाङ्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।







