४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

पृथ्वी राजमार्गमा टेलरले जीपलाई ठक्कर दिँदा दुईको मृत्यु


३१ श्रावण २०७९, मंगलबार  

0
Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको टेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नंको मार्बल बोकेको टेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : १५ बजे