पूर्वप्रतिवद्धता एमाले र कांग्रेसले छाडे, कोशी नाम प्रस्ताव गरे:पूर्वमुख्यमन्त्री राई [भिडियोसहित]

  सगरमाथा अनलाईन
161 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिवद्धता छाडेर प्रदेशको नाम कोशी प्रस्ताव गरेको टिप्पणी गरेका छन् ।

बुधबार प्रदेश १ को प्रदेश सभाको बैठकमा प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गर्दै एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले एमाले र कांग्रेसले पूर्वप्रतिवद्धता भुलेको आरोप लगाएका छन् ।

एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिवद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएको उनले बताए । पहिलो संविधानसभामा पहिचान र भूगोल जोडेर नामाकरण गर्ने गरी १३ वटासम्म प्रदेश मान्न सकिने भनी एमालेले नै प्रस्ताव गरेको दाबी गर्दै उनले अहिले पहिचानलाई मेट्ने गरी नाम प्रस्तुत गर्नु उचित नरहेको बताए ।

नेपाली कांग्रेसले पनि विगतमा पहिचानलाई स्वीकार गरेको तर, अहिले आफ्नो प्रतिवद्धतालाई लत्याएको उनको आरोप छ । ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नाम राख्नुपर्छ भनेको थियो कांग्रेसले’ उनले भने ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार