पूर्व मिस नेपाल श्रेष्ठ राइटपाथ करियरको ब्राण्ड एम्बेस्डर

  सगरमाथा अनलाईन
98 Shares

काठमाडौं । मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।

शुक्रबार हात्तीसार स्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भए सँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन् ।

सम्झौता कार्यक्रममा स्वागत मन्तव्य राख्दै राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले उपस्थित सबैलाई धन्यवाद दिए । सन् २०१६ देखि निरन्तर गुणस्तरीय परामर्शको सारथि बन्दै आएको भन्दै उनले अस्मि श्रेष्ठ जस्तो व्यक्तित्वलाई सद्भावना दूत बनाउन पाउँदा गौरवको महसुस भएको बताए । जिसीले राइटपाथको आगामी यात्रा उनी सँगको सहकार्यका कारण अझै सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले व्यक्तिगत र इक्यानका तर्फबाट शुभकामना दिए । आफूले दुई दशक अघि देखि यो क्षेत्रमा बसेर हेर्दा सही समयमा सही निर्णय गर्ने संस्थाका रूपमा राइटपाथलाई पाएको भन्दै उनले गुणस्तरीय सेवाका लागि संस्थाले जसरी आफूलाई स्थापित गरेको छ त्यो अझै कायम रहोस् भन्ने शुभकामना दिए ।

ब्रान्ड एम्बेस्डर बनेपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मिस नेपाल अस्मि श्रेष्ठले राइटपाथले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिइन् । आफू मिस नेपाल बनिसकेपछि फेसन मोडलका रूपमा कार्यरत रहेको र इन्टेरियर डिजाइनर समेत भएको बताएकी उनले आफू पनि सहिमार्ग (राइटपाथ) मा हिँड्न खोजेको बेला संस्था सँग जोडिएको भनाई राखिन् । कुनै ब्राण्ड सँग जोडिनु अघि आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने गरेको र राइटपाथले नैतिकता सहितको व्यवसाय गरिरहेको पाएकाले मात्रै आबद्ध भएको उल्लेख गरिन् । गुणस्तरीय परामर्श दिने कामलाई अझै अगाडी लाने र यो सहकार्यले थुप्रै माइलको यात्रा तय गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

राइटपाथका फाउन्डर सिइओ फिलिप डिसीले अस्मि श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरका रूपमा जोडिएकोमा धन्यवाद दिए । उनले आफ्ना मेहनती कर्मचारीहरू तथा सबै शुभचिन्तकहरूको साथका कारण संस्था यो स्थानमा आइपुगेको भन्दै निरन्तरको साथ सहयोगका लागि आभार प्रकट गरे । गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा लिएर स्थापना भएको र आजसम्म नारा अनुसारकै काम गर्दै आएको उनको दाबी थियो । अस्मि श्रेष्ठ सँगको सहकार्यले आगामी एक वर्ष भित्र विभिन्न गतिविधिहरू हुने र त्यसले विद्यार्थीलाई फाइदा पुग्ने विश्वास आफूले लिएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार