२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

तिनाउ र दानव नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार


९ श्रावण २०८०, मंगलबार  

0
Shares

बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।

बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल(१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले बाढीको जोखिम भएको ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : ५० बजे