६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना


१५ पुस २०८०, आइतबार  

0
Shares

काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।

भे१ख २०४१ नम्बरको बस अमेलिया(तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एसपी रामबहादुर केसीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका(३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ४३ बजे