२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

गगन थापाको दावी ‘अब कसैले पनि चुनावअघि गठबन्धनको कल्पना गर्दैन’



काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने दावी गरेका छन् ।

आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै थापाले नेताहरु मिलेर चुनावमा जाने प्रचलन अब अन्त्य हुने आशा गरेको बताएका हुन् ।

‘नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, यसले भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो, थप खोक्रो बनाउँथ्यो । अब मलाई के लागेको छ भने कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन’ उनले भने ।

थापाले चुनावअघि गठबन्धन बन्दा कसले कसलाई धोका दिन्छ भन्ने हिसाबकिताब नै नहुने स्थिति आएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ०५ बजे