आज केही ठाउँमा पानी पर्ने, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

  सगरमाथा अनलाईन
56 Shares

काठमाडौं । देशका पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार