१८ आश्विन २०८२, शनिबार | Sun Oct 5 2025

वर्षा गराउने प्रणाली क्रमशः सर्दैछ पूर्व- मौसम विज्ञान विभाग



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान मशाखाले हाल विशेष गरी मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा तथा कोशी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले वर्षा गराउने प्रणाली क्रमशः पूर्वउत्तर दिशातर्फ सरिरहेको बताएको छ । ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले जानकारी दिएको छ ।

अब केही घन्टा विशेष गरी कोशी, मधेस र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ । पछिल्लो ३ घन्टामा वीरगञ्जमा ४०.४, कलैयामा ३६.२, परवानीपुरमा २८.२, सिमरा विमानस्थलमा २५.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै ललितपुरको गोदावरीमा २१ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको सुन्दरीजलमा १८.४ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ६ : ५९ बजे