८ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025

सोलु कांग्रेसले विषेश महाधिवेशनको माग राख्दै हस्ताक्षर बुझाएपछि, महाधिवेशन माग गर्नेको संख्या ५४ प्रतिशत कट्यो



काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै सोलुखुम्बुका १९ जना महाधिवेशन प्रतिनिधीले हस्ताक्षर गरेपछि विषेश महाधिवेशन माग गर्नेको संख्या ५४ प्रतिशत कटेको छ । नेपाली कांग्रेस सोलुखुम्बुका सचिव युवराज घिमिरेका अनुसार सोलुखुम्बुबाट २७ जना महाधिवेशन प्रतिनिधिमध्ये १९ जना महाधिवेशन प्रतिनिधिले विषेश अधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका हुन् ।

हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुमा प्रभुराम बस्नेत, आङछिरिङ शेर्पा, खिलराज बस्नेत, प्रकाससिंह कार्की, कुशराज राई, जीवन गुरुङ, छिन्डिल्हमु शेर्पा, एकाकुमारि बस्नेत (कार्की), नविन थापा, बिमला गुरुङ, पासाङ शेर्पा, गान्धिमाया तामाङ, दुर्गा नौवाग, केन्द्रबाट महासमिति सदस्यमा मनोनित, धर्म नेपाली, मनोज खड्का, लोकेन्द्रजङ बस्नेत, पुजा फुयाल, महेन्द्रद्धिप राई र मङलसिंह तामाङ रहेका छन् ।

हस्ताक्षर नगर्नेहरुमा रीना उप्रेती केसी, भोजराज कार्की, नातिकाजी गुरुङ, अशोककुमार झा, गीता गुरुङ र फुर्किमा शेर्पा रहेका छन् । सोलुखुम्बुबाट २६ जना महाधिवेशन प्रतिनिधिमध्ये आङकाजी शेर्पाले गत स्थानीय निर्वाचनअघि नै पार्टी छोडेका थिए ।

कांग्रेसको १४ औं महाधिवशेनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए । १३ औं महाधिवशेनबाट १४ औंमा स्वतः प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी परित्याग गरेका र मृत्य भएका प्रतिनिधिहरु घटाउँदा हाल कायम ४ हजार ५ सय ५६ जना छन् ।

हाल कायम महाधिवशेन प्रतिनिधि मध्येबाट २ हजार ४ सय ८७ जनाले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरेका छन् । उक्त अंक कायम प्रतिनिधिहरूमा ५४.५८ प्रतिशत हो । संकलित हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालयमा बुझाउन लागिएको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भएको हस्ताक्षर संकलन गरिएको थियो । मंसिरभित्र नियमित महाधिवशेन हुन नसके विशेष महाधिवशेन गर्नुपर्ने दुई महामन्त्रीको तर्क छ । कांग्रेस विधान अनुसार ४० प्रतिशत महाधिवशेन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको अवस्थामा विशेष महाधिवशेन आव्हान गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ११ : ०१ बजे