२४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली


१५ पुस २०८२, मंगलबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पर्खिरहेको बताएका छन् ।

एमालेले हालै आफ्नो महाधिवेशनबाट पार्टीको आन्तरिक जीवनमा फैसला दिएको बताएका ओलीले अब निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार रहेको धारणा राखेका छन् ।

नेकपा एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जस्तो महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौं, त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि हामी दिनेछौं । त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।’

उनले देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसम्मै रहने बताए ।

फरक प्रसंगमा उनले लोकतन्त्र कसैले पराजित गर्न नसक्ने जिकिर गरे । ‘लोकतन्त्र अजेय छ, अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ,’ उनले भने ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका लागि भएको सहमतिप्रति पनि व्यंग्य गरे ।

‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने, ‘कहिले होला, फागुन २१ मा होला । या वैशाखमा होला । या अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं ।’

 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : ०० बजे