२५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026

चलचित्र एक्लो–१’ दोस्रो साता प्रदर्शन


२४ पुस २०८२, बिहिबार  

14
Shares

काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दैछ। भविष्यको उत्तर(अपोकालिप्टिक (विनाश पछिको) नेपालको कथामा आधारित यो चलचित्रले नेपाली सिनेमा जगतमा नयाँ प्रयोगको सुरुवात गरेको छ।

समीक्षामा विविधतास् दर्शकको आफ्नै धारणा बनाउन निर्देशकको आग्रह
चलचित्रका निर्देशक प्रदीप शाहीले फिल्मप्रति आइरहेका मिश्रित प्रतिक्रियालाई सहज रूपमा लिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले भनेका छन्, कसैलाई यो फिल्म धेरै जटिल लाग्यो त कसैलाई व्याख्यात्मक। तर, मानिसका विचारहरू फरक हुनु नै सुन्दर पक्ष हो। आजकल नकारात्मकता छिटो फैलिने भएकाले अरूको कुरामा लाग्नुभन्दा फिल्म हेरेर आफ्नो धारणा आफै बनाउन म आग्रह गर्दछु।

निर्देशक शाहीका अनुसार ‘एक्लो–१’ एउटा विश्व (निर्माण (World-building) गर्ने आधार हो, जसले यसको दोस्रो भाग ‘एक्लो(II द राइज अफ कल्की’ का लागि मजबुत जग खडा गर्नेछ।

हल भ्रमणका क्रममा देखिएको दर्शकको उत्साहबारे शाही थप्छन्, युवाहरूले अन्तिम दृश्यमा हुटिङ गरेको र फिल्मपछि एक्लो (भर्सु बारे छलफल गरेको देख्दा खुसी लागेको छ। फिल्मले बिस्तारै आफ्नो घरेलु दर्शक भेट्टाउँदैछ।

दर्शकको सुझावलाई मध्यनजर गर्दै निर्माण पक्षले चलचित्रमा रहेका केही सामान्य प्राविधिक त्रुटीहरू सच्याएको छ। रि (डबिङ र नेपाली सब(टाइटलसहितको नयाँ फाइल अहिले हलहरूमा प्रदर्शन भइरहेको छ, जसले दर्शकलाई फिल्म बुझ्न अझ सहज बनाउने विश्वास गरिएको छ। चलचित्रमा समाबेश नयाँ गीत द राइज अफ कल्कीु सार्वजनिक गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि ‘एक्लो’
प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको यो चलचित्र यही सातादेखि विश्वका विभिन्न देशहरूमा प्रदर्शन हुँदैछ। एनआरएन समूहको लगानी र विनोद सुवेदी ‘क्षितिज’ को कार्यकारी निर्माणमा बनेको यस चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली फिल्मको पहिचान बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ११ : १५ बजे