काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता जारी छ ।
बिहान ११ बजेसम्म ४८८ जना प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् । प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेपछि सुरु भएको हो ।
महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

सचिवालयमा अनुसार बिहान ११ बजेसम्म कोशीबाट( ८३, मधेशबाट( ८२, बागमतीबाट( ६२, गण्डकीबाट( ८०, लुम्बिनीबाट (१२२, सुदुरपश्चिमबाट(३० र भातृ शुभेच्छुक, जनसम्पर्कबाट(२९ जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन् । प्रतिनिधि
नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ । यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।
विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७९२० बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ ।







