२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

विशेष महाधिवेशनले हुक्के र चम्चेहरूको विनाश हुनेछ : तीर्थ थापा


२७ पुस २०८२, आइतबार  

0
Shares

काठमाडौं । सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ थापाले विशेष महाधिवेशनले पार्टीभित्र मौलाएको गलत संस्कारको हुक्के र चम्चेहरूको विनाशसँगै अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रम्मा, पार्टीभित्र नेतृत्वको वरिपरि रहेर स्वार्थ सिद्ध गर्ने संस्कृति बढिरहेको बताए ।

उनले भने, ‘यो विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्नेछ । हुक्के, बैठके र चम्चेहरूको विनाश गर्नेछ,’ उनले भने, ‘अब पार्टीको नेतृत्व युवाले सम्हाल्नेछन् । मुलुक बचाउने अभिभारा युवाले नै पूरा गर्नेछन् ।’

उनले सबैको सम्मान, सुरक्षा र पहिचान स्थापित हुने गरी विशेष महाधिवेनले निर्णय लिनेमा सबै सांस्कृतिककर्मीहरू विश्वस्त रहेको बताए ।

 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : २९ बजे