सोलुखुम्बु । ३३ बर्षे ठिटो असिम राई, २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाको धेरै जनसंख्या भएको स्थानीय तह थुलुङदुधकोशीमा निर्वाचित भए पछि नै सिंगो जिल्ला र कोशी प्रदेश भरिनै पहिलो दिन बाटै चर्चाको शिखरमा रहे । कारण हो, सरकार संचालनमा उनको स्पष्टता र विधिको शासन प्रति उनको अठोट । उनले नेतृत्व गरेको थुलुङदुधकोशी पालिकामा भ्रष्टाचार शुन्य छ अनि शुसासनमा जिल्लाकै अब्बल छ ।

शुन्य पुर्वाधार र न्युन जनशिक्तका विच स्थानीय सरकारको नेतृत्व गरेका असिम सामु सरकार संचालनका चुनौतिका चांग ने थिए । भग्नावशेष भएको तत्कालिन मुक्लि गाविसको भवनमा सफत खाएर एउटा पानी चुहिने कोठाबाट शुरु भएको पालिका ८ बर्षसम्म आईपुग्दा आकाश पातलको फरकमा पुग्यो । नकारात्मकाले भरिएको ग्रामिण समाजमा पालिकाकालाई भ्रष्टाचार मुक्त बनाउदै शुसासन कायम गर्नु उनलाई फलामको चिउरा सरह थियो । तर पढाई लेखाईमा अब्बल र सानै उमेरमा नेपाली समाजको मनोविज्ञान बुझेका असिमले पालिकालाई चाहिने सबै कानुनु शुरुको ३ महिना मै बनाएर लागु गरे । मिजासीला र आफ्नाहरुका लागि ज्यानै दिन तयार असिम शाससन संचालनमा भने स्पष्ट देखिए । विधि र पद्धति हराउँदै वेथितिले गाँजेको नेपाली राज्य सम्रचनाको परिभाषा चिर्नु धेरै कठिन थियो । तर असिमले पालिकालाई नियम र पद्धतिमा ढालेर शाससन संचालनको रुपमा देशकै नमुना पालिका बनाए । शासन संचालनमा कडा तर सेवा प्रवाहमा नरम असिम राईको विशेषता हुन् ।

उनले नेतृत्व गरेदेखि नै भ्रष्टाचारमा शुन्य सहनशिलताको निति अख्तियार गरे । त्यति बमोजिम कर्मचारी संयन्त्रलाई निर्देशित गरे । उपभोक्ता समिति र ठेक्का पट्टामा कुनै कमिसन र भ्रष्टाचारको खेल भएन । राजनिति अभिष्टका लागि बिपक्षिले भाषणमा हिलो छ्याप्ने कोशिष गरे पनि ८ बर्षको अवधिमा भ्रष्टाचारको गन्ध कतै आएन । यी कुराहरु तथ्यले प्रमाणित गरेको छ । राज्यका निकायले नै शुसासनमा पटक पटक अब्बल प्रमाणित गरिदिए थुलुङ दुधकोशीलाई । आर्थिक कारोबारको मनिटरिङ गर्ने संबैधानिक निकाय महालेखा नियन्त्रकको लेखा परिक्षण बाट हरेक बर्ष थुलुङदुधकोशी बेरुजु कम हुने सोलुखुम्बुका गाउँ पालिकाहरु मध्ये पहिलो बन्यो । न्युन देखिएको बेरुजु पनि शैद्धान्तिक मात्र थियो । महालेखाको धेरै प्रतिवेदनहरुले थुलुङदुधकोशीको कम बेरुजु देखाएर राज्यले नै शुसासनमा अग्रणी देखाएको छ । यति मात्रै होईन असिम राईले सरकारलाई पारदर्शी रुपमा चलाए । उनले पालिकाको प्रबक्ता राखे, कार्यालयको सूचना अधिकारी राखे अनि जनताको गुनासो सुन्ने मेकानिजम बनाए । यति मात्रै होईन आवधिक रुपमा जनताका गुनासोहरु सुनेर सम्बोधन गर्न सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण र सार्वजनिक परिक्षणहरु गरिरहे । अब असिमको शुसानको मोडल सिंगो जिल्लालाई चाहिएको भन्दै जनताहरुले फागुन ११ पछि सक्षम असिमको आवाज संसद भवनमा सुन्न चाहेका छन् ।









