ओखलढुङ्गा । नेकपा एमालेले ओखलढुङ्गामा विपक्षीमाथि आरोप–प्रत्यारोप नगरी आफ्नै एजेण्डा र उम्मेदवारको आधारमा निर्वाचन जित्ने दाबी गरेको छ ।
जिल्ला सदरमुकाम ओखलढुङ्गामा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जेनजी पुस्ताकी युवा, लोकप्रिय र कुनै दाग नलागेकी उम्मेदवार भएकाले पार्टीले सकारात्मक एजेण्डामार्फत जनताको विश्वास जित्ने प्रक्षेपण गरेका हुन् ।
उनले आफू संविधानसभा सदस्य तथा सांसद रहँदा अघि बढाइएका तर अधुरा रहेका विकास आयोजनाहरू अब युवा उम्मेदवार अस्मिता थापाको कार्यकालमा टुंगो लगाइने बताएका छन् । वर्तमान समय,परिस्थिति माग बुझेर पार्टीले जुझारु र स्वच्छ छवि भएको युवा नेतृत्वलाई उम्मेदवार बनाएको हो,’ सुनुवारले भने, ‘पालिका र वडास्तरमा पुग्दा उम्मेदवार अस्मिता थापाप्रति जनताको अपार समर्थन देखिएको छ ।
टिकट वितरणपछि केही व्यक्तिले पार्टी छाडे पनि त्यसको क्षतिभन्दा धेरै समर्थन आफूहरूले प्राप्त गरिसकेको,जिल्ला ईन्चार्ज सुनुवारको दाबी छ ‘पहिले निष्क्रिय रहेका धेरै साथीहरू अहिले पार्टी जिताउन एकजुट भएका छन्, त्यसैले जितमा समस्या छैन,’ ने क पा एमाले जितका लागि ढुक्क छौं भने,
सो पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार अस्मिता थापाले कसैलाई आरोप लगाएर वा वाद–विवाद गरेर ओखलढुङ्गाको अपमान नगर्ने स्पष्ट पारेकी छिन् । ‘म गाली– गलौज र आरोपको राजनीति गरेर होइन, एजेण्डा र कामको भरोसामा चुनाव लड्न चाहन्छु,’ उनले भनिन् ।
युवा पुस्ताको भावना आफूले नजिकबाट बुझेको उल्लेख गर्दै थापाले गाउँमै बसेर भोगेका समस्या र त्यसको समाधानलाई संसद्मा पु¥याउने प्रतिबद्धता जनाइन् । आमा, दिदीबहिनी र युवाहरुका पीडा ,मैले नजिकबाट देखेकी छु,’ उनले भनिन्, ‘अब ती आवाज विधि निर्माणको थलोमा बोल्नेछु । ’
अग्रज नेताहरूले थालेका विकास कार्यलाई पूर्णता दिने र ओखलढुँगा जिल्लावासीहरुको मानवीय विकास प्रति केन्द्रित भई,नयाँ योजना सहित जनतामाझबाट केन्द«मा सशक्त आवाज उठाउँने उम्मेदवार थापाले बताइन् । आम जिल्लावासीहरुको निम्ति व्यवसाय,रोजगार,शिक्षा,स्वास्थ्य जस्ता मानवीय आधारभूत सेवा आफ्नो मुख्य प्राथमिकता रहेको,सो पुरा गर्न कुनै पनि कसर नराख्ने प्रतिवद्धा जनाइन् ।
सो पत्रकार सम्मेलनमा एमाले जिल्ला संयोजक हर्कबहादुर राईले ओखलढुङ्गामा ठूलो विद्रोह भएको भन्ने प्रचार भ्रामक र कथ्य,मिथ्य भएको दाबी गरेका छन् । राई अनुसार ९ जनाले मात्र पार्टी छाडेका हुन् । तीन जना निर्वाचित वडाध्यक्षलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाइनेसो कार्यक्रममा जानकारी गराए ।
सो पत्रकार सम्मेलनमा केन्द्रीय सल्लाहकार किशोर अधिकारी, प्रदेश कमिटी सचिवालय सदस्य नानीबाबु बुढाथोकी,मोहन श्रेष्ठ लगायत एमाले पार्टीका नेता तथा कार्यकताहरुको उपस्थिति







