२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता


२६ माघ २०८२, सोमबार  

0
Shares

काठमाडौं । राष्ट्रिय सभा बैठकबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो भने बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।

यसअघि माघ २३ गते बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री अनिल सिन्हाले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

बैठकले पर्यटन विधेयक २०८१ लाई पारित गरेको छ । त्यसअघि बैठकको प्रारम्भमा राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरुले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए ।

बैठकले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक माघ २८ गते बुधबार बोलाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : ५१ बजे