२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

काठमाडौं क्षेत्र नंं ५ मा रास्वपाको फराकिलो अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । काठमाडौं(५ मा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का उम्मेदवार सस्मित पोखरेलले फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् ।

रास्वपाका पोखरेलले हालसम्मको मतगणनामा १३ हजार ७०८ मतसहित अग्रता लिइरहँदा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ४ हजार २१९ मतसहित पछ्याइरहेका छन् ।

नेकपा एमालेका ईश्वर पोखरेल दुई हजार २७१ मतसहित तेस्रो स्थानमा छन् । यही क्षेत्रमा उम्मेदवार रहेका कमल थापाले ७४७ मत पाउँदा उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले ५५५ मत पाएका छन्

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : ०५ बजे