८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

खोटाङमा हेलिकप्टर दुर्घटना


४ चैत्र २०८२, बुधबार  

0
Shares

काडठमाठौ। एयर डाइनाष्टिक हेलिकोप्टर खोटाङमा दुर्घटनामा परेको छ ।

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।

दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।

 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ७ : २१ बजे