काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँगको जारी तनावले रुसलाई पनि अप्ठ्यारो अवस्थामा पारेको बताएका छन् । उनले सबै पक्षलाई संयम अपनाएर छिट्टै समाधानतर्फ अघि बढ्न आग्रह गरेका छन् ।
बीबीसीका अनुसार पुटिनले इरान र फारस खाडीका राष्ट्रहरूसँग रुसको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै लामो समयसम्म द्वन्द्व चल्दा सबैलाई क्षति पुग्ने चेतावनी दिएका हुन् ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले हालै मस्को पुगेर पुटिनसँग भेटवार्ता गरेका थिए । रुसले यसअघि पनि इरान-अमेरिका विवादमा मध्यस्थता गर्न तयार रहेको बताउँदै आएको छन् ।








