२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

आठ वर्ष अघि सञ्चालनमा ल्याइएको बाटो बन्द


१८ फाल्गुन २०७३, बुधबार  

0
Shares

भक्तपुर, १८ फागुन । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्दीको मारमा परेका छन् ।

आफ्नै घर जाने बाटो व्यक्तिले बन्द गराएपछि आफ्नै गाउँमा नाकाबन्दीको मारमा परियो भन्दै न्यायका लागि यहाँका बासिन्दा जिल्ला प्रशासन कार्यालयमा धाएका छन् ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पीडित स्थानीय बासिन्दाले हस्ताक्षरसहित बाटो सुचारु गरिदिन ज्ञापनपत्र बुझाए ।