२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

अफ्रिकामा एघार करोड ६० लाखलाई पोलियो खोप


१२ चैत्र २०७३, शनिबार  

0
Shares

 

संयुक्त राष्ट्रसङ्घ, १२ चैत । पश्चिम तथा मध्यअफ्रिकाका १३ देशका ११ करोड ६० लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप दिइने भएको छ ।

उनीलाई खोप दिनका लागि एक लाख ९० हजार स्वास्थ्यकर्मी खटाइने संयुक्त राष्ट्रका सहायक प्रवक्ता फर्हान हकले शुक्रबार जानकारी दिनुभयो ।

अफ्रिकी देश बेनिन, क्यामरुन, गणतन्त्र मध्यअफ्रिका, चाड, कोट डी आइभोरिक, लोकतान्त्रीक गणतन्त्रात्मक कङ्गो, गिनी, लाइबेरिया, माली, मौरिटेनीआ, नाइजर, नाइजेरिआ र सेरालिओन गरी १३ देशका पाँच वर्ष मुनिका बालबालिकालाई पोखियो खोप दिन लागिएको हो ।