४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

२२ औं वर्षमा प्रवेश गर्दै गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी


६ पुस २०७५, शुक्रबार  

273
Shares

काठमाण्डौं । गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । काठमाण्डौको नयाँबानेश्वर स्थित ब्यान्क्वाटमा आयोजना गरिएको वार्षिक साधारण सभाका आमन्त्रित प्रमुख अतिथि सहकारी विभागका उपरजिष्टार शशी कुमार लम्सालले पानसमा दिप प्रज्वलन गरी प्रारम्भ भएको सो साधारण सभा कार्यक्रममा उपस्थित अतिथि तथा सेयर सदस्यहरुलाई,गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी सञ्चालक समिति सदस्य कृष्ण कुमारी सुब्बाको स्वगत मन्तव्य राखेकी थिइन् ।

सो वार्षिक सधारण सभामा सहकारी संस्थाका अध्यक्ष ईमान सिंह राईले उपस्थित सेयर सदस्यहरुमाझ गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
सो साधारण सभाका अतिथि ललितपुर लिल्ला बचत तथा श्रmण सहकारी लिल्ला संघका अध्यक्ष राम शरण घिमिरेले नेपाल सरकारको नयाँ सहकारी ऐनले निर्दिष्ट गरेको प्रावधान अनुरुप कार्यन्वयन हुन्छ भने, आज उप्रान्त एक जना व्यक्ति धेरै वटा वित्तीय संस्थाहरुमा सेयर सदस्य बस्न नपाउने प्रावधान छ, त्यस्तो अवस्थामा आम सेयर सदस्य मानुभावहरुले गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीलाई रोज्न आग्रह गरे ।

साधारण सभाका प्रमुख अतिथि सहकारी विभागका उप रजिष्टार शशी कुमार लम्सालले गोरखा सेभिङ्ग एण्ड क्रेडिट धेरै पुरानो सहकारी हो, यो सहकारी एउटा प्रेरणादायी मान्नु पर्छ, साथै देशका सहकारीहरु मध्ये गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी गणिने सहकारी हो, सहकारीमा भएका केही कमी कमजोरीहरु विभागले सुझाव दिएको सो को प्रतिवद्धता सञ्चालक समिति र व्यवस्थापनबाट आइसकेको हुनाले विभाग आशावादी छ भने ।

कार्यक्रममा प्रस्तुत अध्यक्षको प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार यतिका ठुला आर्थिक कारोबार गर्ने वित्तीय संस्थामा भईसकेकोले यस सहकारीको सञ्चालन समिति तथा व्यवस्थापन पक्षलाई सेयर सदस्यहरुले विश्वस गरेको र देशमा जारी नयाँ सहकारी ऐन अनुरुप सेयर सदस्यहरुले रोज्नु पर्दा यही गोरखा सेभिङ्ग एण्ड क्रेडिटलाई छान्न भनी अनुरोध गरे ।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  १२ : ०६ बजे