४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

चनाखो भई कलम चलाउन आग्रह – वरिष्ठ नेता पौडेल



काठमाडौँ, १४ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा उहाँले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्व सक्रिय षड्यन्त्रमा लागेको बताउनुभयो ।

“संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन आम पत्रकार वर्गमा अनुरोध गर्छु”–वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर रहेको जानकारी दिनुभयो ।

“लोकतन्त्रविरुद्ध मैले ठूलो षड्यन्त्र देखेको छु । तपाईंले कलम तिखो बनाई सोच्नुहोस्, चिन्तन, अनुसन्धान गरी सत्य तथ्य खोजी गर्नुहोस्” पत्रकारलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

विभिन्न समाचार माध्यममा कार्यरत तथा स्वतन्त्र एवम् वरिष्ठ पत्रकारहरुको भेलामा उपस्थित थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७३, शुक्रबार  ७ : २९ बजे