४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले प्रवेश पाउँने


२६ आश्विन २०७६, आइतबार  

14
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो ।

आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा।युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : १३ बजे